नया लेख रचनाहरु

गजल

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 3:55 PM



मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।

अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।

वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

छाया जस्तै हासो खुसी , कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।

उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ
कृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।


यसमा 2 प्रतिक्रिया: छन ।

  1. >Jotare Dhaiba< यसो भन्नुहुन्छ :

    मायाको मीठो अपेक्षा भरेर गजल नै रसिलो बनाउनुभएछ । के गर्नु यस्तै त होला माया भन्ने चिज, पर्खदापर्खदै बूढो भइने, नहेर्दा पनि धेरै कुरा देखिने । हराएको मायाबारे पोखिएको मार्मिक भाव पाएँ मैले ।
    तपाईँको ब्लगमा पहिलो पाइला राखेँ आज कृष्णजी । नयाँपन पक्कै छ । तर मैले भने अक्षर ज्यादै मसिनो देखेँ । निरन्तरताको कामना !

  1. धाईबाजीलाइ प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद !
    म मेरो ग़ज़ल लेखनको प्रारम्भिक चरणमा छु लेख्दै गरुला, हो दोश्रो साइड बार र कमेन्ट का अक्षर हरु साह्रै नै साना छन, एकपटक मिलाउने कोशिश गर्दा ले आउट नै भत्कियो, फेरी पनि कोशिश जारी छ, तब सम्म यस्तै नै है त ?

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............