नया लेख रचनाहरु

उस्तै उस्तै

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 12:03 AM








परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति वा सामयिक छटपटी कुंठा , वा सबैसबै खाले भोगाईहरु समेटिन थालेको छ वा भनु ग़ज़ल दरबार कोठी वा महेफिलका परिधिहरूबाट बाहिरिएर अपरिमित भएको छ। स्वतंत्र भएको छ ।यही नया परिभाषालाइ पछ्याउदै मैले ग़ज़लभित्र राजनीति समेटेको छू, राजनीतिको चित्र कोरेको छू ।

स्वीकार्य हुनेछ भन्ने अपेक्षा सहित ।




यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै


वसन्त आयो भन्छन, कोइलीको स्वरुपमा-
कागको नौटंकी भेष छ, उस्तै उस्तै




सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै


विसंगति अन्योलपना घाऊ वर्गसंघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै


सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै

यसमा 9 प्रतिक्रिया: छन ।

  1. sunam karki यसो भन्नुहुन्छ :

    sahi chha krishna jee! keep it up!

  1. shiva यसो भन्नुहुन्छ :

    jhakaas ma paryo yo gazal, krishna jee!

  1. Dilip Acharya यसो भन्नुहुन्छ :

    बेजोड शब्द संयोजन छ।

    मलाई पनि लाग्छ गजललाई सुरा र सुन्दरीमा मात्रे सिमित राख्‍नु ठीक हैन (हो यो बिषयमा गजल बढि जम्छ, त्यो अर्कै कुरा हो)

    सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
    रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै




    सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
    खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै


    दुई सेरले भने देसको पुरै स्थिति ४ लाईनमा बोलेको छ ।

  1. Prabesh Poudel "उजेली" यसो भन्नुहुन्छ :

    आहा !! कस्तो राम्रो गजल दाइ !! अझै लेख्दै गर्नु ल अनि हामीलाई पढ्ने अवसर प्रदान गर्दिदै गर्नु ल !!

  1. suphi यसो भन्नुहुन्छ :

    Jhakaas rahechha krisna ji,padhirahana paaiyos tapaikaa sundar rachanaa haru.(suphi)

  1. सुनाम शिव दिलीप प्रवेश भाई र सूफी जी, तपाईहरुले मेरो ग़ज़ल पढेर मन पराई अमूल्य प्रतिक्रया दिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्छु र आउदा दिनहरूमा पनि यो माया र हौसला सधै पाइरहने छू भन्ने आशा राख्छु ।

  1. bishwodip यसो भन्नुहुन्छ :

    gazal ramro chha, thanks for posting!

  1. Milan यसो भन्नुहुन्छ :

    बेजोड शब्द संयोजन

  1. anuj यसो भन्नुहुन्छ :

    देशको शब्द चित्रण गजलमा ! सुन्दर र शसक्त छ।

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............