नया लेख रचनाहरु

क्रमश सड़क गल्ली

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 12:59 AM

क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो



यसमा 4 प्रतिक्रिया: छन ।

  1. प्रतिभा यसो भन्नुहुन्छ :

    चोटिलो व्यंग्य, समय सान्दर्भिक छ कृष्ण जी,

  1. आश्मा यसो भन्नुहुन्छ :

    तपाई त आजकल राजनीतिक ग़ज़ल पो धेरै लेख्न थाल्नु भयो त!

  1. dineshraj gyawali यसो भन्नुहुन्छ :

    कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
    तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो
    malai ta sarhai man paryo ho krishna jee yo sher

  1. प्रतिभा आशमा र दिनेशजी लाइ धेरै धेरै धन्यवाद कमेन्टको लागि धेरै धेरै धन्यवाद ! हो दिनेश जी मलाई नि अहिले तपाइले भने पछि यही शेर अली बढ़ी नै मन परयो ।

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............