क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो



4 ~
  1. चोटिलो व्यंग्य, समय सान्दर्भिक छ कृष्ण जी,

    Posted on 12 May 2009 20:53

     
  2. तपाई त आजकल राजनीतिक ग़ज़ल पो धेरै लेख्न थाल्नु भयो त!

    Posted on 13 May 2009 02:03

     
  3. कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
    तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो
    malai ta sarhai man paryo ho krishna jee yo sher

    Posted on 14 May 2009 00:44

     
  4. प्रतिभा आशमा र दिनेशजी लाइ धेरै धेरै धन्यवाद कमेन्टको लागि धेरै धेरै धन्यवाद ! हो दिनेश जी मलाई नि अहिले तपाइले भने पछि यही शेर अली बढ़ी नै मन परयो ।

    Posted on 14 May 2009 04:08

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था