तस्वीर-www.trigger.is

मिठो सपनाले
चटक्कै छाडेको
रित्तो रित्तो विपना जस्तो
या उदास उदास रातजस्तो
एउटा विरही मन
घोरिएर अक्षरपाटिमा*
तर लेख्न खोजिरहेछ
केही घामका कथाहरु ।

समयका दुर्गम वगरहरुमा
छाप्दै पाइलाका डोबहरु कतै
वा छाडदै यात्राका अनुभूतिहरु,
कम्प्युटरको भित्तै भित्ता ....
घाम डुबेपछिको साँझ जस्तो
एउटा यात्री मन
तर अनवरत हिडिरहेछ
कहिले नटुंगिने बाटैबाटो ।

कसैले नदेखे जस्तो
वा देखेर नपढे जस्तो
वा पढेर नबुझे जस्तो
शिशाकलमले कालोपाटीमा धमिलो धमिलो
उ केर्दैछ अस्पष्ट केही -समाजको गीत भन्दै
अगम्य गामको अनौठो लोक भाका जस्तो
तर उसलाई लाग्छ -उसका गीतहरु
सबैले गाउनेछन -पालै पालो
र सुनिनेछ्न सुदुर गाउँ सम्म
इन्टरनेटको जालै जालो .....

भोगाईका आँसु र हासोहरु
पिडा र खुसिहरु
र घुम्तीका रमाइला बयानहरु ...
उ पोखिने कुनै सिमा छैन,
उ लेखिने कुनै बिषय छैन ।

वेशिर्षकका उसका अमुर्त कला बुझ्न
तिमी उसंगै दुख्नु पर्छ -कुचीहरुको घातै घात
र उप्काउनु पर्छ पुराना पुराना पत्रहरु
अदृश्य ढुंगाका काप कापमा जो चेपिएका छन
क्यानभासहरुको खातै खात ।

नियतिमा ड्याम्मै "कालो" लेखिएको
फुटेको अभागी निधार बोकेर
बेथिति हाँसी रहेको - समाज र सभ्यताको चित्र
सबै भन्दा धेरै पटक कोरेको छ उसले
अनकन्टार जंगलका पातहरुमा ..

गहिरो गहिरो
इनार भित्र कराउनु
वा पर पर सम्म सुनिनु ती आवाजहरु
तर के अर्थ अवोध्य गुन्जनहरुको?
वा चौबाटोमै चर्को स्वरमा बर्बराउनु
र कसैले नसुने झैं हुनु उसका पाँडे गालीहरु ...

यद्यपि
आक्रोशले च्याँठ्ठिएझैं
एउटा सद्दे पागलमन
शव्दहरुको ढोल पिट्दै,
विरोध र खबरदारी लगाउदै हिड्छ
अराजक समय विरुद्ध
मान्छेहरुको जंगलै जंगल ....

ए को हो त्यो ?
काखे* अगाडी झुली रहेको
आफ्नै धुनमा मस्त मस्त ....।




शाव्दार्थ:
अक्षरपाटी -किबोर्ड
काखे -ल्यापटप

;)

18 ~
  1. ब्लगरको आम रूपरेखा, चरित्र-व्यवहार र दैनिकीको बारेमा लेखे पनि मलाई भने यसमा तपाईँकै झलक आयो धेरै हदसम्म । तपाईँ यस्तै-यस्तै केही हो भनेर बुझ्ने थप आँखीझ्याल गाँसिदिनुभएछ कृष्णपक्षको भित्तामा ।


    मलाई भने पहिलो लहरका हरफहरूले ताने, तय्ति जति तलका अरू हरफले तानेनन् । यो पक्का कविता पढ्न पाइयो । प्रविधिलाई छोएर लेखिएका कविता ज्यादै थोरै होलान् नेपाली लेखनमा ।

    ब्लगरको प्रसङ्गमा कुची र क्यानभासको कुरा कवितामा रोगन थप्‍न आएको हो कि, ब्लगर नै चित्रकारको परिचयमा पनि जीवित रहेको पाटो खोलिएको हो, अलि बुझिएन ।

    आनन्द आयो पढिसकेपछि, आफ्नै कोपरिएको अनुहार पनि देखेँ, तर 'काखे' विनाको ।

    Posted on 22 June 2009 18:58

     
  2. Sujan Sharma Said,

    सुन्दर कबिता!

    Posted on 22 June 2009 20:34

     
  3. हो धाइबाजी, रंग र चित्रफलाकको प्रसंग बारम्बार आउनुका पछाडी लेखक , आफै बेनामी कुचिकार भएको भ्रम पाल्नु पनि हो, मौका मिलेमा रंग लतपतिएका केही पातोहरु पनि टास्ने सोचमा छु बिस्तारै ।

    सुजनजी लाइ धन्यवाद !

    Posted on 23 June 2009 01:31

     
  4. ब्लगरलाई हामी ब्लगर आफैं पनि बेला बेलामा व्यङ्ग्य गर्नमा मात्रै लागी परेका थियौं हालसम्म ।

    तर तपाईको शब्दहरुले भने भिन्दै र सम्यक दृष्टीले हेरीएको जस्तो पाएँ ।

    गहिरो गहिरो
    इनार भित्र कराउनु
    वा पर पर सम्म सुनिनु ती आवाजहरु
    तर के अर्थ अवोध्य गुन्जनहरुको?



    यद्यपि
    आक्रोशले च्याँठ्ठिएझैं
    एउटा सद्दे पागलमन
    शव्दहरुको ढोल पिट्दै,
    विरोध र खबरदारी लगाउदै हिड्छ
    अराजक समय विरुद्ध
    मान्छेहरुको जंगलै जंगल ....

    हरफहरुमा विशेष अर्थ भेटेको जस्तो लाग्यो भने पुरै कवितामा धेरै शब्दहरुले आफ्नै भावहरु बोलेको पनि महशुस भयो ।
    अर्थपूर्ण मीठो कविता, मजा आयो पढ्न ।

    Posted on 23 June 2009 02:18

     
  5. कति सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको रहेछ । हरफ हरफमा म आफैं भौंतारिएर कहाँ कहाँ पुगेको झैं लाग्दै गर्दा
    ए को हो त्यो ?
    काखे* अगाडी झुली रहेको
    आफ्नै धुनमा मस्त मस्त ....ले झल्यास्स आफ्नो अनुहार सम्झन बाध्य पारिदियो ।

    Posted on 23 June 2009 03:40

     
  6. दम लिएर शब्दहरु कुर्लिएका छन.....
    .....................................
    "वेशिर्षकका उसका अमुर्त कला बुझ्न
    तिमी उसंगै दुख्नु पर्छ -कुचीहरुको घातै घात
    र उप्काउनु पर्छ पुराना पुराना पत्रहरु
    अदृश्य ढुंगाका काप कापमा जो चेपिएका छन
    क्यानभासहरुको खातै खात "......... वा ! क्या जाती ...!!!

    Posted on 23 June 2009 04:16

     
  7. krishna, timro kabita sarai man paryo. really heart touching piece.

    Posted on 23 June 2009 04:58

     
  8. Aakar Said,

    ब्लगर:
    कसैले नदेखे जस्तो
    वा देखेर नपढे जस्तो
    वा पढेर नबुझे जस्तो
    शिशाकलमले कालोपाटीमा धमिलो धमिलो
    उ केर्दैछ अस्पष्ट केही -समाजको गीत भन्दै
    अगम्य गामको अनौठो लोक भाका जस्तो
    तर उसलाई लाग्छ -उसका गीतहरु
    सबैले गाउनेछन -पालै पालो
    र सुनिनेछ्न सुदुर गाउँ सम्म
    इन्टरनेटको जालै जालो .....

    Nice expression...

    Posted on 23 June 2009 08:02

     
  9. B.J. Dummali Said,

    अँध्यारो सही उज्यालो सही उस्ले आफ्नो भावना समय दिदैं कोर्‍यो ऊ शायद धेरै भवनाको धनी थियो, ऊ धेरै धेरै शब्दको ज्ञानी थियो, बधाई छ कृष्ण पक्षको उज्यालो जी तपाईंको ब्लग धेरैनै राम्रो, प्रभावशाली एबं शब्दहरुको झंकारले झंकृत पाएँ आगमी दिनहरु पनि यस्तै संगालोहरुको भण्डारहरु हेर्न पाउँ धन्यबाद।

    Posted on 23 June 2009 08:30

     
  10. Basanta Said,

    एउटा ब्लगरको स्वरुपलाई शब्दाकार दिने तपाईँको यो प्रयास सराहनीय छ। कविता सुबोध छ र सललल बगेको छ। तर यो कविता पढेपछि धेरै मानिसहरुले ब्लगरहरु भनेका अलिक निराश र असामाजिक प्राणी हुन् भन्ने अर्थ लगाईदिन सक्ने सम्भावना पनि प्रशस्त छ।
    मलाई भने त्यस्तो लाग्दैन किनभने मेरो बुझाईमा तपाईँले पोख्न खोज्नु भएको भाव "कर्म गर तर फलको आशा नगर!" संग नजिक छ। फेरि अराजक समयविरुद्धको खबरदारी पनि छँदैछ कवितामा।

    Posted on 23 June 2009 18:58

     
  11. तरंगिय साइनो लाई फूकाउदै छरपष्ट पारेर तन्काउनु भएको यो कबिता रुपि भावनालाई मन भरि पोतेर हेर्दा मेरो मुहारमा पनि कता कता लतपतिएका शब्दहरुले पालैपालो गिज्याएजस्तो लाग्यो ।

    शब्द शब्दमा बगिरहेको यो ब्लगर तपाइको यो शिर्षक पढेर सुखानुभूति सहित आभार प्रकट गर्दछ ।

    Posted on 23 June 2009 23:27

     
  12. 'ब्लगरको बिस्कुन' बडो गज्जब लाग्यो।

    Posted on 26 June 2009 03:32

     
  13. मित्रहरुको रचनात्मक टिप्पणी प्रति आभार तथा धन्यवाद व्यक्त गर्दछु !

    Posted on 26 June 2009 14:08

     
  14. वास्तबमा तपाईले भने जस्तै रहोस, चेतनाको खाँचो छ आज हामीलाई। भावनाको महल भन्दा पनि यर्थाथको जीवनबोध हुन आवश्यक भएको छ। तपाईका यी हरपरहरुले सायद यही बोल्दैछन् । खुब राम्रो संग लेख्नु भयो।

    आक्रोशले च्याँठ्ठिएझैं
    एउटा सद्दे पागलमन
    शव्दहरुको ढोल पिट्दै,
    विरोध र खबरदारी लगाउदै हिड्छ
    अराजक समय विरुद्ध
    मान्छेहरुको जंगलै जंगल ....

    Posted on 2 July 2009 01:54

     
  15. आक्रोशले च्याँठ्ठिएझैं
    एउटा सद्दे पागलमन
    शव्दहरुको ढोल पिट्दै,
    विरोध र खबरदारी लगाउदै हिड्छ
    अराजक समय विरुद्ध
    मान्छेहरुको जंगलै जंगल ....
    असाध्यै सुन्दर अभिब्यक्ति ।

    Posted on 2 July 2009 22:01

     
  16. Milan Said,

    कविता गज्जब रहेछ ... कति पय कुरा आफु संग मिल्ने र कतिपय कुरा आफुसंग मिलेको भए नी हुन्थ्यो जस्तो लाग्ने .....

    हालका दिनमा ब्लगर शब्द परिभाषा कै क्रममा छ | कृष्ण जीले यसलाई सिंगार पटार गरेर बहुआयामिक बनाउनु भएको रहेछ ... धन्यबाद है !

    मैले चाहिँ कविताको केहि प्रति प्रिन्ट गरेर राख्ने भएँ .. कसैले ब्लगमा झुमेको बेला डिस्टर्ब गर्न आए ... चुपचाप लागेर सरक्क एकप्रति थमाईदिने... त्यो मोरोले नि बुझोस न ..म आफ्नै धुनमा कति मस्त छु ...!

    Posted on 3 July 2009 21:17

     
  17. रमाइलो कबिता, राम्रो लाग्यो ।

    Posted on 9 July 2009 16:56

     
  18. Anonymous Said,

    All of your words are so weighty.I read and read and read again.It depicts a gloomy picture making your poem superb!The darker is the the night ,brighter are the stars.To shine a moon in the sky ,the sun must go.Attempting to write the stories of Gham ,samaya ka durgam bagar haru ma,pokhine kunai sima chhaina,lekhine kunai bisaya chhaina, .....so many great lines,I hope to read your pokhai and lekhai again and again.Really your poetry is superb!

    Posted on 2 November 2009 12:07

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था