उठाउनीमा
कृष्णपक्षको छरछिमेकमा हल्काफुल्का खासखुस चलिरहेकै छ, नया नया जोगी बढी खरानी धस्छ भनेझैं कसैले केही नौलो हल्ला खल्ला गर्ने बित्तिकै चियाउदै साखुल्ले भएर हतार हतार प्रतिक्रिया दिने जागर भने अलि सुस्ताएको होकी भा' छ अहिले चाहि मलाइ ।
टासो नटासेको त धेरै पो भैसकेछ त !
व्यस्त भनु भने त्यति व्यस्त पनि हैन, तैपनि घडीको सुइ भन्दा छिटो छिटो दिनहरु घुमेझैँ लाग्न थालेका छन ।
धाइबाको मंगलम क्याफेमा जे पापी र रामलखनको कुरा चल्दै थियो !
"रामलखन खै तेरो घरको ढोका?"
यो टासो र त्यसभित्रको मर्म पढेपछि मलाइ केहि लेखुँ लेखुँ लाग्यो ।
१ लघुकथा
हो त, ढोकै नभा घरमा जो पनि पस्छ, जे पायो त्यहि गर्छ , चोटा कोठा डुल्छ र घर भाड्ने अनेकौं प्रपन्च/जालझेल रच्छ, र मौका पाउना साथ सप्पै घर भत्काउछ ।
ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो? त्यो रामलखन जसको घरको ढोकै छैन, आफु'संग अनुवाद हुदै गएझैं लाग्छ । हतार हतार चोटा उक्लन्छु, लौ~~ छानो पनि छैन, भित्ता भकारी केहि छैन , चारैतिर ह्वाङ्ग ।
दौडदै आगनसम्म पुग्छु ,
डिलैबाट देखियो पल्ला घरे छिमेकी खेतका आलीहरु ताछ्दै थियो ।
मभित्रको रामलखन.... कठै!
एउटा रामलखन थचक्क भुइमा बस्छ,
एउटा रामलखन चिच्याउन खोज्छ " गुहार गुहार "
एउटा रामलखन उध्याउन खोज्छ "भुत्ते खुकुरी" .....।
फेरी देख्छु - डाडु पन्यु बोकेका आफ्नै घरका एक जुलुस भान्सेहरु तिनै छिमेकीसँग साँथगाँठ गर्दै थिए ।
२ गजल
नौटंकी छ मझेरीमा, रातारात "हिट्' छ कोही
आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही
भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
बाझै छन खेतबारी, जुवा तास फ़िट्छ कोही
भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
"नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही
रामलखन तिम्रो घरमा, केको गाइजात्रा सधै
"घरको बाघ बनको स्याल" भाइसँग भिड्छ कोही
कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सिमा
"यता खाँउकि, उता खाँउ" घुम्दै दाह्रा किट्छ कोही
टुङ्ग्याउनीमा
"उत्तरमा हिमालको लश्कर
लहरै मुस्काइरहेका छन चादी जस्ता
र फुलेका छन आगनभारी -जात जातका फूलहरु
दक्षिण तराइ लहलह सुन फल्ने गैरीखेत,
बार -पर्खाल -लिपपोत गरे
सबै मिलि भकारी भरे ,
यो घर रामलखनको
कति सुन्दर हुन्थ्यो होला "
एउटा त्यान्द्र्यांग तुन्द्रुंग
आशाजस्तो त्यान्द्रोमा मन अल्झन्छ
त्यहि त हो जसले मान्छेलाई बचाउदो रैछ
जस्तो रामलखनको सधै नेपाली भएर जिउने जिजिविषालाइ...।
जो मतिर फर्केर सोधिरहेछ
त्यो आशाको त्यान्द्रो र घरको माया
तिमीसंग छ कि छैन ?

मेरो ब्लगमा नयाँ पोष्टहरू

फुर्यो फुर्यो तपाईंको रित्तो छनु भन्ने वाक्यंस ले मलाई पनि अलिकता फुर्यो..
रातो इटको सानो घर केबल झिङटी छानो
ग्रीस्म गगन तप्त रबी आगन्मा कुकुर कानो
Posted on 9 July 2009 00:01
टाँसोको लागि धन्यबाद ।
Posted on 9 July 2009 05:21
धाइबा जी बाट प्रभावित लेखले त ठूलै काम पो गरेछ कृष्ण जी ।। अति मिठो गजल साथमा टुङिएको भावपनि त्यत्तिकै मिठो ।
Posted on 9 July 2009 05:49
भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
"नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही
धाइबाजीको लेखनी पढेदेखी नै म पनि मनमनै सोच्दै थीए यो कुनै रामलखनको कथा भन्दा पनि हामी सबै नेपालीको कथा हो भनेर, तपाईले त लघुकथा र गजल समेतमा यसलाई 'अनुवाद' गर्नु भएछ ।
ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो?
भन्ने वाक्य पढ्दा झसंग भैयो, त्यो ऐनामा सायद हामी सबैको अनुहार छ होला भनेर ...
टुङ्ग्याउनीका सुरुवाती हरफहरुले भने अलिक उत्साह जगाए ।
Posted on 9 July 2009 09:28
दिलीपजीले भनिसक्नुभएको छ मैले भन्ने कुरा । दुरुस्तै त्यस्तै लेख्थेँ क्यार म ।
थपकुरा टाँसोमा राखिएको फोटो धेरैबेर लगाएर पढें । साँच्चै कविता त त्याँहा पो छ । अहो ! कति परितृप्त मुस्कान ! क्याफेदेखि यहाँसम्म चर्चा चलेका रामलखनहरु के के मात्रै सहेर हाँसेका हौंला ??
Posted on 9 July 2009 15:33
कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सिमा
"यता खाँउकि, उता खाँउ" घुम्दै दाह्रा किट्छ कोही
सुन्दर प्रस्तुती ।
Posted on 9 July 2009 16:59
सुन्दर र शसक्त प्रस्तुति। साथै,गजलले त झन मनै रमायो।
Posted on 9 July 2009 20:22
सारै मार्मिक र मूल्यवान टाँसो लेख्नुभयो कृष्ण जी । कथा, गजल र कविताको त्रिवेणी ज्यादै रूचिकर लाग्यो । तिनमा पनि गजल 'हिट' लाग्यो । यसले धेरै आयामलाई छोएको छ देश र जनताको ।
निरूपाय भावमा बस्नुभन्दा हामी रामलखनहरूको अघि कुनै विकल्प रहेनन् अब । ढोका हालिदिने ज्यामी-कर्मीहरू त्यही धाँजा फाटेको ढोकाबाट साउतीको भाषाबाट हाहिरियाहरूसँग नाफाखोर उद्यममा लीन छन् । यस्तोमा आफ्नै कठैबरा हालत हेरेर चुकचुकाउनु मात्र हाम्रो वर्तमान होला जस्तो छ । जुन जोगी आए पनि कमण्डलु भिरेका, कानै चिरेका ।
धेरै धन्यवाद यति गहन प्रस्तुतिका लागि ।
लेखन-क्रम भने अलि बाक्लो बनाउनुपर्यो है !
आफू पनि पढाइमा पछाडि छु आजकाल, तर लेख्ने साथीहरू भए भने पढ्न अलि हौस्याइ मिल्छ कि जस्तो लाग्दैछ ।
Posted on 9 July 2009 23:55
निकै राम्रो लाग्यो मलाई त
Posted on 10 July 2009 03:58
लघुकथा , गजल ,कबिता एकै सासमा पढेर भ्याएपछि कमेन्ट चाहि कता गरूँ भन्ने पर्यो । गजल बिशेष राम्रो लाग्यो ।धेरै दिनको टाँसो को रहर एकै पल्ट पूरा गर्न भ्याउनु भयो नि ।
Posted on 11 July 2009 01:09
कृष्ण जी तपाईंको त्रिवेणीको समिश्रण समय सान्दर्भिक लाग्यो। रामलखन को आँखिझ्याल बाट त्यो माहोलको कल्पना गर्दा कता कता चस्स दुखे जस्तो पनि भयो तैपनि तपाईंको लेखाइको उत्कृष्ट बिन्दुलाई बयान नगरी म बस्न सक्दिन। यस्तै मन छुने रचनाहरुलाई जन्माइ रहनु होला है।
Posted on 11 July 2009 04:41
साँच्चै गज्जबको टाँसो बनाउनु भएछ | सन्दर्भ, लय, शब्द, व्यंग्य हरेक कोणबाट टाँसो उम्दा छ | यी तीन कुरामा कुन अलिक कम राम्रो मैले त छुट्याउनै सकिन ...
a awesome post ...
Posted on 11 July 2009 14:55
कृष्ण जी ! धाइबा जी को 'क्याफे मंगलम' बाट राम लखन त यता पनी आई पुगेछ है ! हुन त देश मा धेरै राम लखन का अबस्था खराब रहेको छ , अनि अर्को राम लखन को कुरा उठाउनु भएको रहेछ - तर सबै को समस्या उस्तै !
समस्या बिकराल रहेको छ - कुन हो ढोका कुन हो झ्याल ? यतै प्वाल उतै भ्वाङ्ग |
प्रस्तुति पनी एकै !
Posted on 12 July 2009 13:23
सबै साथीहरुले भनि सक्नु भयो। दिलिपजीले भने जस्तै "ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो?" मेरो मन पनि कस्तो कस्तो भएको थियो् म पनि मज्जैले झस्के। हामी सबै रामलखन नै त हौ। सुन्दर र मार्मिक। हिट मात्र हैन सुपर हिट यसपाली है।
Posted on 16 July 2009 05:38
Post a Comment