नया लेख रचनाहरु

अँध्यारो छ साँझ

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 1:57 AM


अब चाहि केहि लेख्छु भन्ने सोच्दा सोच्दै एक दुइ हप्ता त्यतिकै चिप्लिसकेका हुन्थे मेरो हातबाट ..

फुर्सद नभएरै हो त ? मैले एकदिन मेरो खालि समय हरुको हिसाब किताब गरें, लेख्न पढ्न, चित्रकारिता गर्न वा आफैलाइ खुसि पार्ने र आफु रमाउने जनसुकै
कुरो गर्न मनग्य समय थिए । तर त्यो भै रहेको थिएन, अहं पटक्कै...

मलाइ लाग्यो केहि कोर्न, सिर्जना गर्न फुर्सद भएर मात्र कहाँ हुदो रहेछ र? आफैलाई हराउन सकिने एकान्त चाहिदो रहेछ र त्यो फुर्सदको मेरो एकान्तहरु अरु नै बिषय वा सन्दर्भहरुले चुडी रहेका हुदा रहेछन -मैले विश्लेषण गरें ।


यो जागिर , व्यापार, राजनीति, छलफल, भेटघाट,पैसा, नाचगान, जांड, घुमघाम, मनोरंजन केहि पनि नहुनु, नचाहिनु वा गर्ने नपर्नु नि मान्छेले ... कहिले काही झोक चल्छ। अझ विशेष गरि राजनीति यो त पटक्कै मन नपर्ने विषय हो मेरो, भन्छन राजनीति जालझेल र झुठको खेति हो । मेरो रोजाई त साहित्य पो हो, जसले सत्यको खोजि गर्छ, यथार्थ लेख्छ, प्रेम र सौन्दर्यको बयान गर्छ, र बाड्छ दुख सुखका भावनाहरु....

तर अचम्म ! मेरो फुर्सद को अधिकांश समय त आफ्नो रोजाई भन्दा यस्तै यस्तै विषयहरूले खोस्दा रहेछन । ठिक छ, आज कतै जान्न बरु ढोका थुनेरै बस्छु

...
अँध्यारो छ साँझ ढोका थुनेर लेख्छु गज़ल
आवाज आफ्नै स्पन्दनको सुनेर लेख्छु गज़ल

कहाँ हुन्छन शव्दहरु गजाला झैं सधैं कोमल?
सियो जस्तै कति शव्द उनेर लेख्छु गज़ल

टाल्नु थियो फाटिसके, सम्झनाका जाली रुमाल
असफल त्यस्तै केहि बुनेर लेख्छु गज़ल

सफलताको बिन्दु कुन हो -धन मान प्रेम खुसि
जोड घटाउ जिन्दगीको गुनेर लेख्छु गज़ल

चाहिएन भैगो जून, जुनेलीका रंगहरु
रात मेरो कृष्णपक्ष चुनेर लेख्छु गज़ल ।

यसमा 11 प्रतिक्रिया: छन ।

  1. दीपक जडित यसो भन्नुहुन्छ :

    सफलताको बिन्दु कुन हो -धन मान प्रेम खुसि
    जोड घटाउ जिन्दगीको गुनेर लेख्छु गज़ल

    यो मनपर्यो है ।

  1. Jotare Dhaiba यसो भन्नुहुन्छ :

    साहित्यप्रति तपाईंको लगाव र न्यायसङ्गत दृष्‍टिकोण मन पर्‍यो । हो नि, हामी जीवनको मेलोमा आफ्नो सम्बन्ध-सरोकार नै नभएका बिषयहरूमा रुमलिन्छौँ, यसबारे हामीलाई होसै हुँदैन । तपाईंले यसको हेक्का राखेर थुनिएर लेख्नुभएछ गजल ।

    जाली रुमालवाला सेरले भने मोहनी लगायो । दोस्रो सेरको गजाला भने को चाँहीँ बुझिनँ है ।

  1. धन्यवाद दीपक जी र धाइबाजी,
    मैले गज़लको उत्पति र यसको शाव्दिक परिभाषाको बारेमा पढ्दा अरवी भाषामा "गजाल" अर्थात --हरिणको बच्चा भन्ने शव्दबाट गज़लको उत्पत्ति भएको हो र त्यसैले गज़ल - यसैको अर्थ अनुसार कोमल र सुन्दर हुनुपर्छ भन्ने परम्परागत मान्यता रहेको छ भन्ने कतै कतै पढेको हुनाले त्यो शव्द प्रयोग गरेको हुँ ।

    अब सोहि अनुरुप गज़ल कहाँ सधै सुन्दर हुन्छ र?

  1. Dilip Acharya यसो भन्नुहुन्छ :

    मेरो मात्रै भन्ठानेको, सबैको हाल उस्तै रहेछ... के हो, के हो अरु काम गर्नलाई सधैं समय प्रसस्त हुन्छ लेख्न भने सधैं समय नपुग भएको जस्तो लाग्ने।

    सायद अलिकता 'मुड' बन्नु पर्ने भएर हो कि? । मलाई भने सबै शेर मध्य तखल्लुसको सुन्दर प्रयोग साथ भनेको मक्ता जोडदार लाग्यो :

    चाहिएन भैगो जून, जुनेलीका रंगहरु
    रात मेरो कृष्णपक्ष चुनेर लेख्छु गज़ल ।

  1. Sujan Sharma यसो भन्नुहुन्छ :

    अति मिठो अनि मन जित्ने गजल !!!

  1. दिनेश राज यसो भन्नुहुन्छ :

    krishna jee , ramro gazal , malai bishesh matalaa ani arthpurna takhallus ko prayog garnu bhayeko maktaa man paryo . samaya nikalne kuraamaa chahi mero pani purai tapaiko jastai awastha bhayeko le purna sahamat chhu .

  1. हावा De Wind यसो भन्नुहुन्छ :

    कोरा कल्पना मात्र लेख्ने साहित्यकार लाई प्लेटो ले देशनिकाला नै गर्नुपर्छ भनेका थिए रे... म पनि तेसै त भन्दिन... तेसै पनि तपाईं आँफै देश् निकाला भैसक्नुभएछ हेह्हेहे...

    तर राज्नीती लाई गाली गरेर मात्र राजनीती सुधार हुँदैन... राज्नीती सबैले गर्छन्.. साहित्य लेख्ने ले पनि गर्छन्

    साहित्य को नाममा आत्मरती मात्रै लेख्नु भन्दा साहित्य लाई देश र समाज बुझ्न पनि उपयोग गर्न सकिन्छ

  1. sufi यसो भन्नुहुन्छ :

    krishna jee,
    I like all of your articles , poems and stories.
    Keep it up and all the best!

    टाल्नु थियो फाटिसके, सम्झनाका जाली रुमाल
    असफल त्यस्तै केहि बुनेर लेख्छु गज़ल ।

  1. हा हा हा हावा ब्रो होनी हुन् त, देश, समाज र राजनीतिका कुरा मात्र कति लेख्ने? जति लेख्यो उति बुझिनसक्नु भएसी' त्यो टेन्डर हावाब्रोहरुकै भागमा पारेर हिडियो अब । हुन् त जहाँ बस्यो त्यहि आफ्नो समाज भन्छन तैपनि यता अर्का' देश र समाजका बारेमा हाम्लाई भुत्रा चासो र?

  1. Milan यसो भन्नुहुन्छ :

    a nice presentation...but because of limited subject matter the gazal is not flowing as it suppose to be.

  1. chudamani यसो भन्नुहुन्छ :

    नासोचूँ भनेकै धेर सोच्दो रहेछ मान्छेले | साँझ अँध्यारो भए पनि वा गोधुली भए पनि गजल भने उज्यालोमा लेखेको नै ठहर निकालें मैले चाहीं | राजनीति के भन्नुहुन्छ बडो ज्याद्रो हुन्छ कति कोमल साहित्य भित्रपनि प्रगतिबाद भएर उडुस जस्तो घुसिसकेको हुन्छ |

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............