नया लेख रचनाहरु

मालसिरिको धून राजै..

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 12:04 PM

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !




मालसिरिको धून राजै, बज्छ किन आज फेरी
दशैं दुख्छ तिहार दुख्छ, प्रवासीको माझ फेरी

शरदको खुला आकाश हट्यो होला हिलो मैलो
मौसम आयो सजाउन, उस्तै सज्जा साज फेरी

देउसी भैलो साथि संगी चंगा हुन्थे आकाशमा
कतै भेटिएन यहाँ , त्यो खुसीको राज फेरी

"टिका लाउन आइज कान्छा,अब तेरो पालो आयो"
निधार छ खाली आमा, सुन्छु तिम्रै आवाज फेरी

दिनहरु त बिताउदो हो, यताउता यसै गरी
भक्कानिन्छ कृष्णपक्ष, बिरानो यो साँझ फेरी ।






यसमा 3 प्रतिक्रिया: छन ।

  1. Asha यसो भन्नुहुन्छ :

    विजयादशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना...

  1. सूर्य/सिकारु यसो भन्नुहुन्छ :

    बिजया दशमीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत देश-विदेशमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु , दुर्गा माताले सबैको सधै कल्याण गरुन, मेरो शुभकामना .......

  1. दीपक जडित यसो भन्नुहुन्छ :

    भक्कानो उमार्यो तपाईंको यो गजलले ।

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............