नया लेख रचनाहरु

दुइ थान गज़ल

, टाँस्ने मान्छे ---- कृष्णपक्ष at 12:35 AM




व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै :) धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु - सुनाउन । लौ सुनेर जानुस!

पहिलो

बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र

ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।

नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।

मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।


बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।


दोश्रो


उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।

शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।

कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।

वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।

वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।

यसमा 13 प्रतिक्रिया: छन ।

  1. दीपक जडित यसो भन्नुहुन्छ :

    कति धेरै आनन्द पिएँ तपाईंको पहिलो गजल पढेर म शब्दमा लेख्न सक्दिनँ ।

  1. Ashesh यसो भन्नुहुन्छ :

    दुवै गजल interconnected जस्तो लाग्यो है मलाई त । पहिला भाग १ अनि भाग २ । सुरूमा आँका जुध्यो अनि लास्टाँ वहारको रंग लिई घुल्न आउनुभयो !!
    तर गजल पढ्न आउँदैन मलाई । गाउँदा नै मीठो सुनिने!! अनि भावले साह्रै मन छोयो ।

  1. दूर्जेय चेतना यसो भन्नुहुन्छ :

    गजबकै रहेछन् ल। कता कता बिचमा हराए म त है।
    वादल पारि पिरतीको, घर देखाउदै
    कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।
    तपाईकै चोरेर मैले आफैलाई भनि दिए लौ ।।

  1. Prabesh यसो भन्नुहुन्छ :

    गज्जबका गजल रहेछन् दाइ...मज्जा आयो पढ्नलाई..

  1. Milan यसो भन्नुहुन्छ :

    oooooooooo.......
    सिटि मार्न मनलाग्यो मलाई | एकदम गज्जबको गज़ल लेख्नु भएको छ | बेलामा काम पनि लिन सकिन्छ |

    यस्तै गज़ल फेरी पढ्न पाउँ है !

  1. Jotare Dhaiba यसो भन्नुहुन्छ :

    गजल त घच्चीकै गजल हुन् बा ! गुफाबासको उपलब्धी यिनै होलान् क्यारे । र त यिनै गजल जन्माउने हेतुले अलप हुनुभएछ कि जस्तो लाग्यो । कथा भने गजलसँग ट्वाक्कै नमिल्ला सर्जकको ।
    मोहनी लगाउने खालका छन् सेरहरु, निकै नम्र बनेर गला मिलाउन आउने 'यारों' जस्तै ।

    "बसिरहुँ भन्छ हजुरकै सामु
    आँखै यो अटेरी,र त जुध्यो नजर ।"

  1. Dilip Acharya यसो भन्नुहुन्छ :

    व्यस्तताको बाबजूद निक्लेका दुबै गजल दामी छन है। त्यसमा पनि पहिलो भने अझै मन पर्‍यो ।

  1. चूडामणि/मणि यसो भन्नुहुन्छ :

    पहिलो गजल चाहीं धेरै नै राम्रो छ | धेरै चोटी रोकिंदै पढियो | नबुझेर होइन प्रत्येक शेरहरू त्यति आकर्षक लागे कि जति आकर्षक तपाईंको गजल भित्र कि नायिकामा पनि थिएन होला !
    दोस्रो गजल भने ठिकै हो भन्छु | जे होस् समग्रमा तपाईं लेखनमा निक्कै धारिलो हुनुहुन्छ |

  1. Basanta यसो भन्नुहुन्छ :

    सुन्दर गजलहरु! पहिलो त झन एक लम्बरीनै छ। दोश्रोमा विषयवस्तु र प्रस्तुतिमा नवीनता अलिक कम छ।

  1. Sujan Sharma यसो भन्नुहुन्छ :

    वाह! साह्रै सुन्दर गजल राख्नुभयो।

  1. राजेश बुढाथोकी 'नताम्स' यसो भन्नुहुन्छ :

    वाह सार्है मन छुने रहेछ ।

  1. Bhumraj Tiwari यसो भन्नुहुन्छ :

    Malai padna aayana launa.ke gari gajal padne .tara man parcha love story chai.please advise me
    Bhumraj Tiwari
    bhumrajtiwari@gmail.com
    Kathmandu Nepal

  1. suresh यसो भन्नुहुन्छ :

    Gajal chai daaami rahichha

Leave a Reply

Post a Comment

मेरा व्यक्तिगत भावना, वा दुःख सुखका अनुभूतिहरु तपाई संग बाडन बसेको छु, कस्तो लाग्यो प्रतिक्रया दिन नाबिर्सनु होला, माया सुझाव र गालीको सधै अपेक्षामा .............