फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग मिसाएर प्रस्तुत गरिएको यसको स्वरूप चाहि रमाइलो छ :) चित्रमा थिच्नु होला ।
कहिले त मिठो वास्तविकता नै हो कि जस्तो आभास हुने । इन्टरनेटको सामाजिक संजालमा दिनदिनै अनेकौं लेख रचना तस्वीरहरु, टासिन्छन , गफगाफका प्रत्यक्ष प्रसारण हुन्छ्न वा सबैकुरा "लाइभ" । पढदा पढ्दै कहिलेकाही चिसो सिरेटो जस्तो स्वप्नभंगको सानो तर नमिठो झोंक्काले हानेर जान्छ , नमिठो यसकारण जसले चेतनाको तारमा यो यावत् सम्बन्ध र सामिप्यता भ्रम मात्र भएको बोध गराउछ । यस्तै डिजिटल मेडियाको संजाल चहार्दै हिड्ने केही सृजनशील मनहरुको एउटा हुल नै त्यहाँ थियो , जसले निरन्तर केही न केही लेखिरहन्थ्यो, टासिरहन्थ्यो र शव्द साहित्यको झंकार सन्सार भरि गुन्जने गरि चेतनाको बिगुल फुकी रहन्थ्यो । त्यही कुरा आजको यो बसिबियालोमा ।
हो म फेसबुकको कुरा गर्दैछु, सोसल नेटवर्किंग साइटहरुमा अत्यन्त लोकप्रिय र प्रभावकारी यो संजालमा जेलिदै धेरै नया नया मित्रहरु संग परिचय बढेका छन । परिचयको लश्कर कति हो कति बढेको बढयै गर्छ, लहरो तान्दा पहरो थर्केजस्तो तर ती मध्ये केही यस्ता परीचयहरु छन, जसले शाव्दिक चेतनाका रंगहरु भर्छन, " नोट " भनेर लेखिएको क्यानभासमा,अनि परिवर्तन शान्ति र प्रगतिका आकृतिहरु कोर्छन । अर्थात साहित्यक स्रष्टाहरु जो डिजिटल चौतारीमा भेला हुन्छन र पोख्छन आफ्ना भावनाहरु ।
स्पष्ट दिशानिर्देश लिन नसकी आजको राजनीति अराजक र विसंगतपूर्ण अँध्यारोले गाँजिएको महशुश गर्दै स्टाटसमै बिरोधको आवाज उराल्ने, देश बिझेका पिडाहरु अभिव्यक्त गर्ने धेरै मित्रहरु छन यहाँ , तर लेखको प्रसंग काव्यिक प्रवाहतिर मोद्छु र त्यही प्रवाहमा हेलिएको गतिमान नाउहरुको चर्चा गर्दैछु यतिखेर, यो चर्चा उनीहरुले गरेको विलयन लेखन र प्रयोगको सन्दर्भमा छ ।
भर्खरै एक दिन "सगरमाथा खोज्दै निस्केको बिहान !" सयुँक्त कविता पढ़िसके पछि मलाइ आगोको मुर्छ्नाको स्मरण भयो । यो बहुस्रष्टा कृत सिङ्गो कृति हो, जुन प्रयोगलाई विलयन भनेर नाम दिइएको थियो । प्रसंग उस्तै भएर दोहोरियो, तर यो विलयनमा देश छाडेर परदेशिएका प्रवासका स्रष्टाहरु एक अर्कामा विलय भएका छन र नया रंग बनाउदै । चेतनाको आगो बालेर कहिल्यै नथाक्ने प्रतिभाशाली नामहरु हुन् यी ।
अशोक पार्थिव,
वलदेव बिहानी,
चुम लिम्बु,
समदर्शी काइँला
धेरै प्रगतिशील सर्जकहरु यौटै धार, यौटै प्रकार र सधै यौटै प्रकृतिको चिन्तनमा कला र सौन्दर्यको रंग फिका भएको महशुश गर्छन र नया प्रयोग भित्र्याउछन लेखनमा । अनेकौं बिम्बहरूसंग खेल्दा खेल्दै संरचनालाइ नै केही नया रुप दिएर प्रभावकारी संदेश प्रसारण गर्न सकिन्छ कि भन्ने सोच नै यस्तो प्रयोगको आधार हो। विलयन लेखन यस्तै प्रयोग हो जसले पृथक कवि मनहरु एकै ठाउमा प्रस्तुत हुन्छन र कविता लेख्छन । यौटै क्यानभासमा यसरी उभिदा देखिने फरक रंगहरुको सार्थक मिश्रणद्वारा पाठकहरुमा सौन्दर्य बोध गराउनु यसको समुल विशेषता हो । साथै यसले आफैमा एकता र आत्मियताको संदेश पनि बोकेको हुन्छ ।
कवितालाई कल्पना र अलंकारिक रंगहरुले रंगाउनु जति जरुरि छः सामयिक र यथार्थपरक बनाउनु पनि त्यतिकै अनिवार्य छ । व्यक्ति देश र समाज अनि सामाजिक दुरावस्था, पिडा वा समस्या लाइ रत्तिभर प्रतिनिधि नगर्ने कोरा रचना जति नै कलात्मक भए पनि फिका देखिन्छ । केवल कल्पनामै हराउने गतिहीन शैलीलाइ विद्रोह चेतनाको लहरले पाखा लगाउदै आएको छ र यस्तो चेतनशील लेखन युगान्तकारी र कालजयी हुन्छ ।
चौंरीका बथान
जीवन उत्थानको गोठमा
युगिन निम्छरा भोगाईहरु नियाल्दै बस्दा
सगरमाथाको धुमिल बर्को
कुन चैतमासको हुरीले उडाएर लग्यो
सोधदैछन अरुण र तमोरका छलांगमय सुसेलीहरु ।
सिर्जनशील र फरक सोचले प्रेरित भएर साहसिक सर्जकहरुले कोरेका जति पनि नया धारहरु छन तीनलाई उत्तर आधुनिक संरचना भन्दा भिन्न राखेर व्याख्या गर्नु युक्तिसंगत नहुने मेरो तर्क छ । यद्यपि तीनका निश्चित मापहरु होलान तर ती परम्परागत शैलीका अभ्यस्ततालाइ कुल्चेर समयको सुदुर क्षितिज उघार्ने चेतनाहरु हुन् । समय हिजोको प्रविधिमा आफैं पनि रोकिदैन यसर्थ अबका कविताहरुले सामयिक हुनैपर्छ ।
यसबेला यिनै चार सर्जक हरु सगरमाथा छुन उद्यत् प्रवाहको यौटा विहान कोरिरहेका छन । र संयुक्त कविता लेखिरहेछ्न । भेटघाट यहि डिजिटल चौतारीको हो । तर परीचय मानौं धेरै पुरानो छ यो सम्बन्धको । संयुक्त लेखनको यो कविताले फेसबुकको मझेरीमात्र रंगाएको छैन यसले नेपाली साहित्यमा यौटा नौलो संदेश र परिवर्तनको घन्टी बजाएको महशुश कविता पढेपछि हुन्छ । कविताले घचघच्याएको छ निरिह समयलाई । चिन्ता छ परिवर्तन बिरोधी तत्वहरुको ।
सगरमाथाको मसि
कुन हिउदको सिरेटोले
पातलो बनायो ?
जिज्ञासायुक्त बिम्बको शसक्त आरोह संगै आरम्भ भएको कविताको ओज घनिभूत हुदै जान्छ र पाठक मन अझ आतुर हुन्छ भावको गहिराइमा डुब्न । अनि टक्क अडिन्छ ... देश र समाज दुखेको महशुश गर्छ ....जब उ यहानेर पुग्छ ।
कुन पटाक्षेपमा गएर भासियो
सोध्न चाहन्छन टिस्टा र काँगडामा कुदिएका
हाम्रा सिमा स्तम्भहरु ।
देशलाई छातीभित्र राखेर प्रवासिएको नेपालि मन यहानेर भरिन्छ देशको मायाले । चारै सर्जक संग घर छाड्नुको नमिठो अनुभूति छ, र समभाव पोखिएको छ कवितामा । यो स्थितिले सबैलाई पिरलेको छ सिमा मिचिनु वा अझै पनि असुरक्षित हुनुको आशंका हो यो । यस्तो पिडादायी अनुभूति एउटा देशको हरेक स्वाभिमानी नागरिकमा हुनु पर्छ । हिउन्जस्तै संग्लो देशप्रेमको काव्यिक अनुभूति संग पग्लदा पग्लदै पाठक अब त्यस्तो खण्डमा आइपुग्छ जहाँ सबै भावना मूर्तपनाहरु, आकारहरु, बिचारको सघन अमूर्ततातिर, गहिराईतिर वा रहस्यतिर या भनुँ कविताको क्लाइमेक्सतिर अभिमुख भएझैं महशुश हुन्छ ।
अब काव्यिक प्रवाहले कविताको शृंगार र बिम्बको जादुमा मोहित भैरहने पाठक स्वाभावको मोहभंग गर्छ र ध्यानाकर्षण गराउँछ । यथास्थितिमा फर्काउँछ र ठिंग उभ्याइदिन्छ कतै अग्लो पहाडको नजिक .........तर फेदैमा । यद्यपि यसले निराशा बोल्दैन । अनेक अर्थ र प्रयोग हरु हुन्छन रंगमा । यहानेर रङ्गै रंगका भिरहरु भत्किएको पनि देखिन्छ । घात स्पष्ट देखिनेगरी कुनै कुचिकार चेतनाको रंग भर्न थाल्छ र पाठकलाई वौद्धिक बिचार लिएर सम्पूर्ण क्यानभास रंग र भाव पुन पढन आग्रह गर्छ । यहानेर बहुरंगवादको छाया स्पष्ट देखिन्छ।कहिले छर्लंग बुझेजस्तो, कहिले केवल शाव्दिक पहिरो मात्र अनुभूत हुने गरि ठ्याक्कै नबुझिने अन्तिम धर्काहरु कोरेको छ । अभिव्यक्तिको क्लिष्ट मोडमा काव्यको अन्त्य हुनुले पाठकलाई रचनामा कहीं अल्झन र सो बिषयमा घोरिएर आफ्नो अर्थ लगाउन बाध्य बनाउछ ।
यसर्थ आजकल म सगरमाथा बाँचिरहेछु
एन्द्रिक रंगिताको बोधमा
अर्थकुल निर्निमेष हेरिरहेछु क्षितिजलाई
सगरमाथा खोज्दै निस्केको बिहान ।
शव्दहरुको सरलीकृत संरचनामा मात्र काव्यबोध हुने परम्परा नितान्त फेल भैसक्यो । आजको साहित्यले पाठकलाई सोचमग्न बनाउछ र वौद्धिकताको अपेक्षा गर्छ साथै यदाकदा अनिश्चय वा भ्रान्तिको पनि सिर्जना गर्छ तर यहि बुझाइ वा अबुझाइको अवस्थामा अनुभूत हुने काव्यचेत नै यसको सौन्दर्य हो । प्रत्येक व्यक्तिका आफ्नो दृष्टिकोण र दर्शन हुन्छन र काव्यलाइ पनि आफ्नो अनुरुप बुझ्न तपाइँ स्वतन्त्र हुनुहुन्छ । मानौं मोनालिसाको तस्विर पढे जस्तै ।
विगतको प्रगतिशील समसामयिक शैलीमा रमाएको काव्यक्षेत्रमा नया नया धारहरु पलाउदै गए । प्रयोग र संरचनामा नविनतम बांकिहरुको खोजि गर्न सर्जक हरु उत्साहित हुदै गए र नेपालि साहित्यमा जन्मियो वहुरंगवाद, मुक्तलेखन, अश्रृन्गार , चक्रव्यूह सचेतना, लीलालेखन अर्थात सृजनशील अराजकता जस्ता अनेकौं नाम, वाद वा प्रयोगहरु । ती प्रयोग आफैमा लहड वा रौसमात्र थिएनन साहित्यिक आयामका नया पाइलाहरु थिए, त्यसरी नै फेसबुकका पर्खाल र कान्ला कान्ला दगुर्दैछ्न एक हुल युवाहरु चेतनाको राँको बोकेर,
सगरमाथाको उचाई चुम्न ।
ती पाइलाहरुलाई सलाम ....!

मेरो ब्लगमा नयाँ पोष्टहरू

कृष्णपक्षजी ! सगरमाथाको खोजीमा लेख्ने सर्जकका कविताहरु त सुन्दर छन् नै, तिनको चिनारी गराउन उज्यालोको खोजीमा हिंड्ने तपाईंले पनि यो लेख कति चटक्कै पारेर, कुँदेर लेख्नुभएको हो ! लोभलाग्दो लेखन शैली !
Posted on 17 December 2009 02:40
Nice article, n love the way you write.
krishna je, I m reading this blog since long time, i m also interested to open a blog, will u please help me?
i've mailed with details. thank you.
me sampang
Posted on 18 December 2009 03:35
कृष्णपक्ष जी, फेसबुक र सिर्जना एकअर्काका परिपुरकझैँ भएको । अब सिर्जनाहरु गरेर डायरीमा कैद गर्ने दिनहरु गए सर्जकहरुका, फेसबुकका पर्खालहरुमा टाँस्दा न्याय पाउँछन् ती सिर्जनाहरुले । सन्दर्भमा खराब कुराहरुलाई अंगिकार गरेर भन्नसक्नुपर्छ फेसबुक वरदान सावित भएको छ सबैका लागि।
कविता अनि पोष्टको प्रस्तुतीकरण निकै मन पर्यो । यस्तै टाँसोहरुको आशा छ अबका टाँसोहरुमा ।
Posted on 18 December 2009 05:11
कृष्ण जी ! संयुक लेखनको थालानीमा लाग्नु हुने सर्जकहरुको (अशोक पार्थिव, वलदेव,चुम,समदर्शी काइँला) सफलताको कामना गर्दछू ! राम्रो कार्य को थालानीमा लाग्नु भएको रहेछ !
अनि तपाईको लेखेको बारेमा भन्नु पर्दा चैतन्य जी को शब्द सपाट लिई भन्नु पर्छ - लोभ लाग्दो लेखन शैली - दामी छ !
Posted on 19 December 2009 14:20
तपाईंको लेखन सौंदर्यको थप चिनारी भयो यो लेख मेरो लागी ।
Posted on 19 December 2009 15:18
राम्रो कविताको सारै मज्जाले बिबेचना गर्नु भएको रहेछ | कबिबरहरु र कृष्ण पक्षजीलाई हार्दिक धन्यबाद |
Posted on 19 December 2009 22:52
कृष्ण जी अबेर भयो देशाप्रेमीहरुको लगावमा अक्षर सहितको शाब्दिक डोरीले कसेर मानसपटल फ्रेस गर्नलाई । यसै त तपाइको घरमा छिरेपछि म ठुलै नेपाली सृजनशीलताका पृथक भकारीमा लहराए जस्तो हुन्छ अझ नेपाली सशक्त देशप्रेमीहरुका कलमहरुलाई तिखार्दै आफ्ना पोख्त भावनामा फलाउनु तपाइको अर्को रमाइलो पक्ष हो।
साहित्यको जागरणबाट देश बदल्न खोज्ने सर्जकहरु संग चिन्ने मौका प्रदान गर्नु भएकोमा धन्यबाद !
Posted on 21 December 2009 05:15
Ramro lagyo
Posted on 11 March 2010 23:27
Post a Comment