mikezphoto.com



छुदै भाग्ने सम्झनाको लहर बाँकी रह्यो
बगर संग अब कस्तो रहर बाँकी रह्यो ।

कसले लग्यो मनको राजै, देश हारेको छ
खण्डहर यौटा सानो शहर बाँकी रह्यो

यो समुद्र मन्थन मात्रै, जति गरे पनि,
अमृतको घडा खै त ? जहर बाँकी रह्यो

तिमी हास्दा सबै हासे, रुँदा एक्लै थियौ,
सन्सार स्वार्थी हुन्छ भन्ने, ठहर बाँकी रह्यो

कृष्णपक्ष रात हो यो, निभे दिपहरु
यी हेर त कति लामो प्रहर बाँकी रह्यो ।

1 Comment
  1. सबै सेरहरु मीठा लागे ।
    कसले लग्यो मनको राजै, देश हारेको छ
    खण्डहर यौटा सानो शहर बाँकी रह्यो
    क्या बात छ ।

    Posted on 18 February 2011 17:05

     

Post a Comment

मेरो ब्लगमा नयाँ पोष्टहरू

यसबेला चन्द्रमाको अवस्था